मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २२ बुधबार १०:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चार सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्दै सुदूरपश्चिम प्रदेश सरकार 

Read Time : < 1 मिनेट
२०७८ बैशाख २२ बुधबार १०:१०:००

नोबेल कोरोना भाइरस कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदमा  चार सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करार भर्ना गर्नका लागि सुदूपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवरले जानकारी दिएका छन् । 

प्रदेशमातहतमा रहेका अस्पतालहरूलाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागि निर्देशन दिइसकेको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले  बताए । मन्त्री सुवेदीले भने, ‘कोभिड– १९ सँग लड्नका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन, हामी जनशक्ति भर्ना गर्न मात्रै होइन, अस्पताललाई आवश्यक पर्ने प्रविधि तथा अक्सिजन खरिदको प्रक्रिया पनि थालेका  छौँ ।’ 

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल  बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुलामा आवश्यक पर्ने चार सय ४६ जना जनशक्ति भर्ना गर्न अस्पताललाई अनुमति प्रदान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।