मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार ०८:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोनाका बिरामीको उपचार सहज बनाउन उपप्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार ०८:५३:००

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिएका छन् । कैलालीमा कोरोनाका बिरामीले उपचार नपाएको, शव व्यवस्थापन नभएकोलगायतका गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले मंगलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी जानकारी लिएका हुन् ।

उनले संकटको अवस्था रहेकाले जनताले अनुभूति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनतालाई राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए ।

मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिम प्रदेशको समन्वय गर्न तोकेको जानकारी गराउँदै पोखरेलले समस्या परे सीधै आफूलाई अथवा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन दिए ।

उनले सीमानाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि प्रजिअ रिजालसँग जानकारी लिए । कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजारजना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टर बनाइरहेको बताएका थिए ।