मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २० सोमबार १५:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षित तवरले संसद् बैठक सञ्चालन गर्नेबारे सभामुखले गरे विज्ञहरूसँग परामर्श

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २० सोमबार १५:३९:००

बढ्दो कोरोना संक्रमणबीच संसद् बैठक सुरक्षित तवरले सञ्चालन गर्नेबारे सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य विज्ञहरूसँग परामर्श गरेका छन् । सोमबार संसद् भवन बानेश्वरमा छलफल भएको हो ।
 
छलफलमा सभामुख सापकोटा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, डाक्टर अनुप सुवेदी, डाक्टर लोचन कार्कीलगायतको उपस्थिति थियो । साथै, संसद् सचिवालयका कर्मचारीहरू पनि छलफलमा सहभागी भएका थिए ।

डाक्टरहरूले कोभिडको समयमा बैठक राख्दा सांसदहरूको अनिवार्य पिसिआर परीक्षण गर्न सुझाब दिएका थिए । त्यस्तै, एन– ९५ मास्क अनिवार्य गर्न पनि उनीहरूको सल्लाह थियो । त्यस्तै, तीन मिटरको दूरी कायम गरेर बैठक सञ्चालन गर्न उनीहरूको सुझाब थियो ।
छलफलमा सभामुख सापकोटाले डाक्टरहरूको सल्लाहअनुसार नै आफूहरू चल्ने बताएका थिए । सभामुख सचिवालयको भनाइ छ, ‘छलफलमा विज्ञहरूले सुझाब दिनुभयो । सभामुखज्यूले छलफलमा उठेका सुझाबहरूलाई कार्यव्यवस्था बैठकमा राख्छौँ र कार्यान्वयनका लागि अघि बढाउँछौँ भन्नुभयो ।’ २७ वैशाखमा प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।