मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २० सोमबार ०७:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटी एक्सप्रेसले अस्ट्रेलियाबाट आएको रकममा शुल्क नलिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २० सोमबार ०७:०५:००

सिटी एक्सप्रेस मनी ट्रान्सफर अस्ट्रेलियाले अस्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई रकम पठाउँदा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । कम्पनीले नेपालमा पुनः देखिएको कोभिड–१९ का कारण तथा पठाइएको रकम  ३० मिनेटभित्र तुरुन्तै पु¥याउने व्यवस्थासहित सेवा निःशुल्क गर्ने योजना ल्याएको हो । 

सिटी एक्सप्रेसका ग्राहकले रकम पठाउँदा नेपालभरि रहेका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनी ट्रान्सफर अस्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनी ट्रान्सफर अस्ट्रेलियाको वेब साइटबाट पठाउन सकिने जनाइएको छ । 

कोभिड–१९ का कारण आएको अप्ठ्यारोमा सिटी एक्सप्रेसका ग्राहकलाई केही अत्यावश्यक सुविधा दिने सोचका साथ नयाँ योजना ल्याएको सिटी एक्सप्रेस अस्ट्रेलियाका डाइरेक्टर समीप कट्वालले बताए । हाल अस्ट्रेलियामा सिटी एक्सप्रेस मनी ट्रान्सफर सबैभन्दा छिटो बढ्दै गरेको नेपाली रेमिट्यान्स ब्रान्ड बन्दै गएको कम्पनीले जनाएको छ ।