१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ बैशाख २० सोमबार ०९:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झापामा कोइला उद्योगमा भीषण आगलागी

Read Time : < 1 मिनेट
२०७८ बैशाख २० सोमबार ०९:४४:००

झापाको एक कोइला उद्योगमा भीषण आगलागी भइरहेको छ । मेचीनगर– १५ मिलकोटस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागी बिहान ३ बजेदेखि भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

‘बिहान ३ बजेदेखि नै आगो लागिरहेको छ । झापाका विभिन्न स्थानीय तहसहित मोरङको उर्लाबारीको गरी ६ वटा दमकलले नियन्त्रणको प्रयास गरिरहेका छन्,’ उनले भने, ‘अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । कोइला पोल्न प्रयोग गरिने काठको भुस रहेका कारण आगो नियन्त्रण गर्न मुस्किल भएको छ ।’ आगो विद्युत् सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिरहेको उनले बताए ।