१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अमुल थापा (तस्बिर)
२०७८ बैशाख २० सोमबार ०३:३९:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निषेधाज्ञामा जडीबुटीमा सवारी जाम

Read Time : < 1 मिनेट
अमुल थापा, (तस्बिर)
२०७८ बैशाख २० सोमबार ०३:३९:००

पछिल्लो २४ घन्टामा थप ७२११ संक्रमित

कोरोनाबाट आइतबार अहिलेसम्मकै धेरै संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा सात हजार दुई सय ११ संक्रमित देखिएका छन् । १६ हजार एक सय ४७ पिसिआर परीक्षणमा ७ हजार १३७ र ६२३ एन्टिजिन परीक्षणमा ७४ नयाँ संक्रमित देखिएका हुन् । यस अवधिमा २७ संक्रमितको मृत्यु भएको छ । संक्रमणका हिसाबले अति प्रभावित २२ जिल्लामध्ये काठमाडौंमा दुई हजार सात सय ४४, ललितपुरमा पाँच सय ५०, रुपन्देहीमा चार सय ६६, बाँकेमा चार सय ६, भक्तपुरमा तीन सय एक, मोरङमा दुई सय ४९, कैलालीमा दुई सय ३२, सुर्खेतमा एक सय ७४, मकवानपुरमा एक सय ६९, दाङमा एक सय ३३ र पर्सामा एक सय १२ संक्रमित देखिएका छन् । त्यस्तै, चितवनमा ७७, सुनसरीमा ७४, कास्कीमा ६९, कपिलवस्तुमा ४१, बर्दियामा ५१, बारामा ४४, कञ्चनपुरमा २४, धनुषामा २२, पाल्पामा ११ र झापामा पाँच संक्रमित देखिएको मन्त्रालयको तथ्यांक छ ।