मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १९ आइतबार १८:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्को अधिवेशन आह्वान गर्न सरकारको सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १९ आइतबार १८:४७:००

सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २७ वैशाखमा  अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

१५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनेछ । 

ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनेसमेत बैठकमा बताएका छन् ।

संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीलतनिवास गएको पनि ती मन्त्रीले बताए ।