मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १९ आइतबार १७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बहुमत सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता केसीको दाबी (नामसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १९ आइतबार १७:३९:००

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरसहित केसीले दाबी गरेका हुन् ।

केसीको पक्षमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा तत्कालीन नेकपाबाट चुनाव जितेकी विमला वलीले पनि हस्ताक्षर गरेका छन् ।