Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ बैशाख १९ आइतबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सांसद पाण्डेले दिए राजीनामा

Read Time : < 1 मिनेट
२०७८ बैशाख १९ आइतबार १७:११:००

लुम्बिनी प्रदेशका सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलवस्तुबाट प्रदेश सभामा निर्वाचित एमाले सांसद पाण्डेले सांसद पद र पार्टीबाट राजीनामा दिएका हुन् । 

सांसद पद र पार्टीबाट राजीनामा दिएको उनले नयाँ पत्रिकालाई बताए । जनतासमक्ष गरिएका वाचा पूरा गर्न नसकेको भन्दै उनले राजीनामा दिएको बताए । 

पाण्डे एमालेको प्रदेश कमिटी सदस्यसमेत हुन् । कपिलवस्तु २ (क)बाट उनी निर्वाचित भएका थिए । पाण्डे प्रदेश सभामा सामाजिक विकास समितिका सभापतिसमेत हुन् ।