मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख १९ आइतबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीकी सांसद विमलाले भनिन्– मैले मेरै खुसीले माओवादी केन्द्र रोजेकी हुँ

Read Time : < 1 मिनेट
२०७८ बैशाख १९ आइतबार १६:३५:००

माओवादी केन्द्रमा प्रवेश गरेकी लुम्बिनीकी सांसद विमला वलीले आफ्नै खुसीले माओवादी केन्द्र रोजेको बताएकी छिन् । एमालेले विमला अपहरणमा परेको हल्ला फिँजाइरहेको अवस्थामा उनले पत्रकारहरूसँग भनिन्, ‘मैले मेरै खुसी र इच्छाले माओवादी केन्द्र रोजेकी हुँ ।’

माओवादीबाट धेरै सहयोग भएकाले आफूले माओवादी रोजेको उनले बताइन् । वली गत उपनिर्वाचनमा दाङ प्रदेश सभा ३ (ख) बाट नेकपाको तर्फबाट विजयी भएकी थिइन् । 

यसैबीच, लुम्बिनी प्रदेशमा आइतबारका लागि बोलाइएको संसद्को विशेष अधिवेशन कामचलाउ सरकारको सिफरिसमा अन्त्य भएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावमा आइतबारबाट छलफल हुने र सोमबार मतदान गर्ने तय गरिएको थियो ।