मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १९ आइतबार १४:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री ओली शीतलनिवासमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १९ आइतबार १४:२७:००

 सत्तारुढ एमालेको स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । ओलीले आइतबार दिउँसो स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका थिए ।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा र नयाँ सरकार गठनको अभ्यास तथा कोरोना संक्रमण बढिरहेको वेला ओलीले बोलाएको आकस्मिक बैठक र राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ओलीले आइतबार साँझ मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् । नियमित बैठक सोमबार बस्दै आएकोमा ओलीले आइतबारका लागि बैठक बोलाएका हुन् ।