मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख १९ आइतबार १४:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाबाट निर्वाचित सांसद विमलाले रोजिन् माओवादी केन्द्र, लुम्बिनीमा एमालेको एकल बहुमत गुम्यो

Read Time : < 1 मिनेट
२०७८ बैशाख १९ आइतबार १४:०९:००

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेको एकल बहुमत गुमेको छ । सर्वोच्चले नेकपा खारेज गरेको अवस्थामा उपनिर्वाचनमा दाङ ३ (ख)बाट निर्वाचित वलीले माओवादी केन्द्र रोजेकी हुन् । 

एमाले संसदीय दलका नेता शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठनको तयारी गरिरहेको बेला वलीले माओवादी केन्द्र रोजेकी हुन् । माओवादी केन्द्रले वलीले पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई गराइसकेको छ । 

वली स्वर्गीय प्रदेश सभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि रिक्त रहेको स्थानमा विमला निर्वाचित भएकी हुन् । 

८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ४० सांसद भएका छन् । माओवादीका भने सभामुखसहित १९ सांसद भएका छन् । प्रदेश सभामा कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद छन् ।