मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ३० बिहीबार
  • Thursday, 13 May, 2021
२०७८ बैशाख १८ शनिबार २१:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा आइतबार मध्यरातिदेखि निषेधाज्ञा

Read Time : > 1 मिनेट
२०७८ बैशाख १८ शनिबार २१:०२:००

काभ्रे जिल्लामा आइतबारबाट निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा तीव्र गतिमा कोरोना संक्रमण दिनानुदिन बढ्न थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र काभ्रेले निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । 

संक्रमण जोखिम क्षेत्रमा आइतबार मध्यरातिबाट लागू हुने गरी निषेधाज्ञा हुने भएको हो । संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न जिल्लाका संक्रमण जोखिम क्षेत्रमा १९ वैशाखको मध्यराति १२ बजेदेखि १६ वैशाखको मध्यरातिसम्म अरनिको राजमार्गको साँगादेखि बनेपा बजार–धुलिखेल सदरमुकाम–पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाट सडकको दायाँ–बायाँ ५०० मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँ–बायाँ ५०० मिटर, बनेपा–पनौती– खोपासी सडकको दायाँ–बायाँ ५०० मिटर, बिपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभन्ज्याङ–भकुन्डे हुँदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २०० मिटरसम्मको क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्ताबँेसीसम्म सडकको दायाँ–बायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ । 
 
काभ्रेमा एकै दिन ९७ जनामा कोरोना संक्रमण पुष्टि
काभ्रेमा कोरोना संक्रमणदर क्रमिक रूपमा बढ्दै गएको छ । शनिबार मात्रै ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा रहेको कार्यालयको विवरणमा उल्लेख छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरन्द्रकुमार झाका अनुसार थपिएका नयाँ संक्रमितमध्ये पनौती नगरपालिकाबाट–१५ जना पुरुष र १२ जना महिला, धुलिखेल नगरपालिकाबाट सातजना महिला र १२ जना पुरुष, बनेपा नगरपालिकाबाट १४ जना महिला र १६ जना पुरुष, पाँचखाल नगरपालिकाबाट दुईजना महिला र ६ जना पुरुष, भुम्लु गाउँपालिकाबाट एकजना पुरुष, मन्डनदेउपुर नगरपालिकाबाट एकजना पुरुष, नमोबुद्ध नगरपालिकाबाट तीनजना महिला र तीनजना पुरुष, रोसी गाउँपालिकाबाट एकजना पुरुष, तेमाल गाउँपालिकाबाट एकजना पुरुष, चौरी गाउँपालिकाबाट एकजना पुरुष, बेथानचोक गाउँपालिकाबाट एकजना पुरुष र महाभारत गाउँपालिकाबाट एकजना पुरुष रहेका छन् । 

योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या तीन हजार आठ सय ३२ पुगेको छ । जिल्लामा अहिले चार सय सातजना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ ।