मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ १ शनिबार
  • Saturday, 15 May, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १८ शनिबार १४:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १८ शनिबार १४:४१:००

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताएका छन् । मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/ ७९ बाट न्यूनतम पारिश्रमिकको पुनरावलोकन भई मासिक १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताएका हुन् । 

१३२ वर्षअगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर सुरु भएको आन्दोलन दिवसका रूपमा मनाउँदै आएको स्मरण गर्दै उनले विश्वव्यापी रूपमा कार्यथलोमा हरेक दिन सात हजार  ६०० मानिस मर्ने गरेको र  दक्षिण एसियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको बताए । उनले कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तरराष्ट्रिय रूपमा प्रक्षेपण गरिएको उल्लेख गरे ।  

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एसियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताए । श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाई श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवर्द्धन गरेको उनले उल्लखे गरे । 

आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई रु एक लाखको बिमा गरिएको पनि उनले बताए ।