१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ बैशाख १८ शनिबार १२:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देवरसँग मिलेर श्रीमतीले गरिन् श्रीमान्काे हत्या  

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ बैशाख १८ शनिबार १२:३१:००

धनुषामा एक युवकलाई श्रीमती र आफ्नै भाइले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । जिल्लाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नी सुशीलादेवी  मण्डल र भाइहरू जय मण्डल र अनिल मण्डलले घरेलु हतियार चक्कु प्रहार गरी हत्या गरेका छन् ।

शुक्रबार मध्यरातमा भएको घरायसी विवादमा तीनैजनाले मिलेर कुटपिट गरी धारिलो हतियार प्रहार गरेर शम्भुको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । मृतक मण्डलको घाँटी र शरीरका विभिन्न भागमा काटिएको छ ।

श्रीमती सुशीलाको आफ्नै देवरसँग अवैध सम्बन्ध रहेको र श्रीमान्ले थाहा पाएपछि घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मृतक मण्डलको शव पोस्टमर्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा राखिरएको छ ।

यता, घटनामा संलग्न सुशीला, जय मण्डल र अनिल मण्डल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।