१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १७ शुक्रबार १४:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य सतर्कताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकार महासंघका अध्यक्षकाे अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १७ शुक्रबार १४:००:००

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य सतर्कताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरूलाई अनुरोध गरेका छन् । अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भएको भए पनि महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पोखरेलले महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरूलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन पनि उनले अनुरोध गरे । उनले  कोरोनाको कारण देखाएर कुनै पनि श्रमजीवी पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिकलगायत सेवा–सुविधा नदिनेजस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे ।

महासंघले कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षा र सेवासुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न  सञ्चारगृहहरूलाई आग्रह गरे । उनले कोभिड संक्रमण देखापरेका पत्रकारका लागि उपचार गराउनका लागि निश्चित अस्पतालको व्यवस्था गर्न पनि सरकारसँग माग गरे । 

उनले जोखिमको समयमा काम गरिरहेका पत्रकारलाई कामबाट निकालिने, विस्थापित हुनुपर्ने अवस्था दोहाेरिन नदिन महासंघले काम गरिरहेको बताए । पत्रकार महासंघले समिति नै बनाएर समस्यामा परेका पत्रकारका लागि तत्काल गर्नुपर्ने काम र दिगो व्यवस्थापनको क्षेत्रमा काम गर्न सुरु गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।