मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १७ शुक्रबार १३:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

खानेपानीमन्त्री थापालाई कोभिड संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १७ शुक्रबार १३:४१:००

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड– १९ को संक्रमण  भएको छ । उनको पिसिआर परीक्षणका क्रममा आज बिहान संक्रमण  पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए ।  

 मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण  भएपछि उनको हिजो स्वाब संकलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि संक्रमण भएको थियो । 

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई संक्रमण  देखिएन । संक्रमण  पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्रीनिवास पुल्चोकमा आराम गरिरहेको उनका स्वकीय सचिव गौतमले जानकारी दिए ।

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई संक्रमण भएको थियो । रासस