मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १७ शुक्रबार १०:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १७ शुक्रबार १०:१८:००

साताको अन्तिम कारोबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कोरोना भाइरसको त्रास र निषेधाज्ञाको बीचमा पनि सेयर बजार यस दिन ‘टेक एन्ड ब्रेक’मा रहन पुगेको हो । साताभर नेप्से परिसूचकमा घटबढ हुँदै साताको अन्तिम कारोबारको दिन सबैजसो कम्पनीका सूचक सकारात्मक रहेका छन् ।

नेप्से परिसूचक २५ दशमलव ८२ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ११ बिन्दुमा पुगेको छ । त्यस्तै, यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ९१ बिन्दुले बढेर ४ सय ६९ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका ११ समूहको सूचक सकारात्मक रहेको छ भने २ समूहको सूचक नकारात्मक रहेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहको सूचक बढेको छ । यस समूह ३ दशमलव २१ प्रतिशतले बढेको हो ।

यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १७ कम्पनीको ९८ लाख १८ हजार कित्ता–इकाइ सेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक रहेको छ । बैंकको ३० करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको १६ करोड ६३ लाख रुपैयाँको कारोबार 
भएको छ ।

तीन कम्पनीको सेयर मूल्य सबैभन्दा उच्च
साताको अन्तिम दिन तीन कम्पनीको सेयर मूल्य उच्च देखिएको छ । महिला लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले सकारात्मक सर्किट लाग्दै प्रतिसेयर मूल्य ३१ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, बुधबारबाट दोस्रो बजार कारोबारमा आएको सिंगटी हाइड्रो इनर्जीको पनि १० प्रतिशतले सर्किट लागेर प्रतिसेयर ३ सय ६३ रुपैयाँ पुगेको छ भने विशाल बजार कम्पनीका लगानीकर्ताले पनि यस दिन सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सर्किट लाग्दै प्रतिसेयर ५ हजार ९९ रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा श्री इन्भेस्ट फाइनान्स कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य २ दशमलव ८२ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य २ दशमलव ३० प्रतिशतले घटेको छ ।