मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख १६ बिहीबार २०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वन्यजन्तुको मासुसहित रसुवामा चार पक्राउ 

Read Time : < 1 मिनेट
२०७८ बैशाख १६ बिहीबार २०:१९:००

वन्यजन्तुको मासुसहित रसुवामा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेका तीन पुरुष र एक महिला छन् । पक्राउ परेकाको नाम भने सार्वजनिक गर्न नमिल्ने लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् ।

मंगलबार लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको विष्णुदल गणको संयुक्त गस्ती टोलीले निकुञ्जको टिमुरे क्षेत्रअन्तर्गत पर्ने तातोपानीमा अवैध रूपमा वन्यजन्तुको मासु काटिरहेको अवस्थामा मासुसहित उनीहरूलाई पक्राउ गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी भूपेन्द्र यादवले बताए । 

उक्त मासु घोरलको रहेको आशंका गरिएको उनले बताए । केको मासु हो भन्ने विषयमा परीक्षणका लागि शुक्रबार विधिविज्ञान प्रयोगशालामा पठाइने तयारी भइरहेको उनले बताए । पक्राउ परेका चारैजनालाई हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।