मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ११ मंगलबार
  • Tuesday, 25 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १६ बिहीबार १७:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने र धम्की दिनेलाई कारबाही गर्न अनेरास्ववियुको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १६ बिहीबार १७:१०:००

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्ने दोषीलार्ई अविलम्ब कारबाहीको दायरामा ल्याउन अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुले बिहीबार विज्ञप्ति जारी गर्दै चलाउनेजस्ता प्राध्यापकहरूको बाँच्न पाउने हकको ग्यारेन्टी गर्न र अपराधीलाई अविलम्ब कानुनको दायरामा ल्याउन माग गरेको हो ।

अनेरास्ववियुले विज्ञप्तिमार्फत सम्मानित उच्च अदालत पाटनले दिएको आदेश अविलम्ब कार्यान्वयन गर्न काठमाडौं जिल्ला अदालत र प्रहरी प्रशासनसमक्ष जोडदार आग्रह गरेको छ । ‘अदालतले दिएको आदेशको अवज्ञा गर्दै तारिख गुजारेर बसेका फरार अभियुक्तहरूलाई तुरुन्तै कानुनको कठघरामा ल्याउन सरकार र सरोकारवाला सम्बन्धित निकायसमक्ष विशेष अपिल गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 

गत २० चैतमा त्रिभुवन विश्वविद्यालय परिसरभित्र नेविसंघ कार्यकर्ता बताउने केही व्यक्तिको आक्रणमा परी उपप्राध्यापक चलाउने गम्भीर घाइते भएका थिए । प्राध्यापक चलाउनेमाथि बाँसका भाटा तथा फलामे डन्डीको प्रयोग गरी टाउको, छाती, पेट तथा खुट्टामा निर्ममतापूर्वक प्रहार गरिएको थियो । त्यसबाट उनको टाउको फुट्नुका साथै दाहिने खुट्टासमेत भाँचिएको थियो । लामो समयको उपचारपश्चात् चलाउने डिस्चार्ज भएका थिए । उनी अझै असक्त भई बैसाखीको सहारामा हिँडडुल गर्ने स्थितिमा छन् । 

तर, अदालतले दोषी ठहर गरिसकेका आक्रमणकारीहरूले भने चलाउनेलाई अझैँ धम्की दिइरहेको अनेरास्ववियुले जनाएको छ । ‘घाइते अवस्थामा रहनुभएका उपप्राध्यापक चलाउनेलाई आक्रमणकारीले उल्टै आवासगृह तथा त्रिभुवन विश्वविद्यालयबाट २४ घन्टाभित्रै निकाल्ने धम्की र उर्दी जारी गरिरहेको अवस्थाप्रति हाम्रो संगठन अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनको कठघरामा गइसक्नुपर्ने हमलाकारीले यसो गरिरहँदा उपप्राध्यापक चलाउने र उहाँको घरपरिवार असुरक्षा र त्रासमा बाँच्नुपरेको छ । यस घटनाले विश्वविद्यालयमा भय र त्रासको सिर्जना भई प्राज्ञिक वातावरणसमेत खलबलिएको छ । विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थामा प्राध्यापकमाथि नै सांघातिक हमला हुनु लज्जाजनक त छ नै, यस घटनाले देशको ठूलो र पुरानो शैक्षिक संस्थाको गरिमा घटाएको छ ।’