मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काठमाडौं
२०७८ बैशाख १६ बिहीबार १५:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७८ बैशाख १६ बिहीबार १५:३३:००

यातायात व्यवस्था विभागले आजबाट सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ । 

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड– १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्कालsf लागि सेवा स्थगन गरेको हो । विभागले गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेदेखि गत पुससम्म सेवा अवरुद्ध गरेको थियो । 

गत असारमा बन्दाबन्दी खुकुलो बनाएसँगै नवीकरण र छापिसकेका अनुमतिपत्र वितरण जारी राखे पनि नयाँ अनुमतिपत्र छपाइ रोकेको थियो । अहिले पनि विभागले झन्डै पाँच लाख अनुमतिपत्र छाप्न बाँकी छ ।