१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १६ बिहीबार ०९:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा पुनः करेक्सन : कारोबार रकम ४ अर्बमा सीमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १६ बिहीबार ०९:३६:००

मंगलबार ९२ अंकको उछाल भएको नेप्से बुधबार फेरि घटेको छ । अघिल्लो दुई दिनको भारी करेक्सन थामिएर मंगलबार उकालो लागेको नेप्से बुधबार पुनः ओरालो लागेको हो । 

बुधबार नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलव २८ बिन्दुमा पुगेको छ । लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल यसलाई सामान्य करेक्सन मान्नुपर्ने बताउँछिन् । ‘नेप्से उच्चदरमा बढेपछि त्यसमा करेक्सन आउनु सामान्य हो । तर, कारोबार रकम घट्नुले भने बजार झनै गतिशील हुन सकेको छैन भन्ने कुरालाई पुष्टि गरेको छ,’ पोखरेलले भनिन् । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव १६ अंकले घटेर ४ सय ६५ बिन्दुमा पुगेको छ । 

कारोबार रकममा गिरावट 
यस दिन कारोबार रकममा भने भारी गिरावट आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १५ कम्पनीको ८९ लाख ६५ हजार कित्ता÷एकाइ सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँको मात्र कारोबार भयो । मंगलबार नेप्से सूचक बढ्दा पनि कारोबार रकम भने ५ अर्बमा मात्र सीमित भएको थियो । बिहीबारबाट हुने निषेधाज्ञाका कारण सेयर बजारका नयाँ लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा बस्दा कारोबार रकम घटेको ठूला लगानीकर्ताहरू बताउँछन् ।

यस दिन सबैभन्दा धेरै कारोबार हुने नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक लिमिटेड रहेको छ । बैंकको २८ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । अपर तामाकोसी हाइड्रोपावरको १६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्टको १४ कारोड ४६ लाख रुपैयाँ कारोबार भएको छ ।

दुई कम्पनीको सकारात्मक सर्किट
बुधबार दुई कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएछन् । यस दिन विशालबजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले सर्किट लाग्दै सबैभन्दा धेरै कमाउन पुगेका हुन् । विशालबजार कम्पनी ४ हजार ६ सय ३६ प्रति सेयर मूल्य पुगेको छ भने महिला लघुवित्त वित्तीय संस्थाको २ हजार ८ सय ४१ रुपैयाँ पुगेको छ ।

यसै दिन कारोबारमा आएको सिंगटी हाइड्रो इनर्जीको पहिलो कारोबारमै ७ दशमलव ८४ प्रतिशतले बढेर प्रतिसेयर मूल्य ३ सय ३० रुपैयाँ पुगेको छ । यस कम्पनीको पहिलो कारोबार नै ३ सय रुपैयाँबाट भएको थियो ।

बुधवार पोखरा फाइनान्सका लगानीकर्ता भने निराश बनेका छन् । कम्पनीको शेयर मुल्य सो दिन ६ दशमलव १५ प्रतिशतले घटेको छ भने दोस्रो घट्ने प्रोग्रेसिभ फाइनान्स रहेको छ । यस कम्पनीको ४ दशमलव ४९ प्रतिशतले घटेको छ ।

यस दिन कारोबारमा ३ समूहको सूचकमात्र सकारात्मक रह्यो । बाँकी रहेका समूहको सूचक नकारात्मक रहेका छन् । यस दिन फाइनान्स समूहको सूचक सबैभन्दा धेरै नकारात्मक रहेको छ । यस समूहको सूचक १ दशमलव २४ प्रतिशतले घटेको छ ।