१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ बैशाख १६ बिहीबार ०८:५१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कृषि विश्वविद्यालयका १२ सय ५७ विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
२०७८ बैशाख १६ बिहीबार ०८:५१:००

कृषि तथा वनविज्ञान विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोमा एक हजार दुई सय ५७ विद्यार्थी दीक्षित भएका छन् । ०७५, ०७६ र ०७७ गरी तीन शैक्षिक सत्रका विद्यार्थी एकसाथ दीक्षित भएका हुन् । 

विश्वविद्यालयकी रजिस्ट्रार डा. शारदा थपलियाले तेस्रो, चौथो र पाँचौँ ग्रेस लिस्टअनुसार ६ चैत ०७७ सम्म विद्यावारिधि, स्नातकोत्तर र स्नातक उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको जानकारी दिइन् । कोभिड संक्रमणको जोखिमका कारण दीक्षान्त कार्यक्रममा सम्मानित विद्यार्थी, विद्यावारिधि र सिनेट सदस्य मात्र प्रत्यक्ष सहभागी थिए । अन्यलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो । 

यस विश्वविद्यालयमा हाल तीन हजार तीन सय २३ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले नेपालका विभिन्न स्थानमा रहेका सातवटा क्याम्पसलाई सम्बन्धन दिएको छ । जसमध्ये ६ वटा कृषि संकाय र एउटा वनविज्ञान संकाय छन् ।