मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख १५ बुधबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको अवरोधपछि कर्णाली प्रदेश सभा बैठक स्थगित

Read Time : < 1 मिनेट
२०७८ बैशाख १५ बुधबार १८:१५:००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कर्णाली प्रदेश सभाको बैठकमा अवरोध गरेपछि स्थगित भएको छ । कोरोना कारणले निषेधाज्ञा जारी अवस्थामा प्रदेश सभाको बैठक बसेको भन्दै एमालेकाे अवरोधका कारण कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हो । 

कर्णाली प्रदेश सभाको सातौँ अधिवेशनको चौथो बैठक ९ मिनेट ४१ सेकेन्ड चलेर स्थगित भएको छ । संसद् बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना कहरले घरमा सीमित भएको संवेदनशील अवस्थामा सदन चल्न नसक्ने भन्दै संसदमा बोलेका थिए ।

‘आजदेखि जनता लकडाउनमा छन् । नागरिक कोठाभित्र थुनिएका छन् । हामीले नागरिकलाई दुःखमा मलमपट्टी लगाउने हो,’ बैठकमा दलका भनाइ राख्दै सचेतक शाहले भने, ‘अर्कै दलका सांसद चोरेर बनेको भगौडा सरकारले आफ्ना बिल पास गरेर प्रगति देखाउनुपर्ने होला, तर यस्तो अवस्थामा हाम्रो पार्टी (एमाले) सदन चल्न उपयुक्त लागेन, त्यसैले संसद्को प्रारम्भको कारबाही अगाडि बढ्न सक्दैन भन्दै यो सदन यहीँ स्थगित गर्न हामी आग्रह गर्दछौँ ।’

सचेतक शाहको भनाइपश्चात् एमालेका सबै सांसदले संसद् अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले पटक–पटक बैठक सञ्चालन गर्न रुलिङ गर्दै दलीय सहमतिका लागि गरेको आग्रह नमानेपछि प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि लागि स्थगित गरिएको प्रदेश सभाका सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी दिए । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन सत्ता साझेदार एमालेले फिर्ता लिएपछि गएको वैशाख ३ गते प्रदेश सभाको सातौँ अधिवेशन सुरु भएको थियो ।