मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख १५ बुधबार १८:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोध गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

Read Time : < 1 मिनेट
२०७८ बैशाख १५ बुधबार १८:१५:००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाको बैठकमा अबरोध गरेपछि स्थगित भएको छ । कोरोना कारणले निषेधाज्ञा जारी अवस्थामा प्रदेशसभाको बैठक बसेको भन्दै एमालेले अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको हो । 

कर्णाली प्रदेशसभाको सातौ अधिवेशनको चौथो बैठक ९ मिनेट ४१ सेकेण्ड चलेर स्थगित भएको छ । संसद वैठक सुरु हुने बित्तिकै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना कहरले घरमा सिमित भएको संवेदनसिल अवस्थामा सदन चल्न नसक्ने भन्दै संसद बोलेका थिए ।

‘आजदेखि जनता लकडाउनमा छन् । नागरिक कोठा भित्र थुनिएका छन् । हामीले नागरिकलाई दुःखमा मलमपट्टी लगाउने हो’ बैठकमा दलका भनाई राख्दै सचेतक शाहले भने, ‘अर्कै दलका सांसद चोरेर बनेको भगौडा सरकारले आफ्ना विल पास गरेर प्रगती देखाउनु पर्ने होला तर यस्तो अवस्थामा हाम्रो पार्टी (एमाले) सदन चल्न उपयुक्त लागेन, त्यसैले संसदको प्रारम्भको कारबाही अगाडि बढ्न सक्दैन भन्दै यो सदन यही स्थगित गर्न हामी आग्रह गर्दछौं ।’

सचेतक शाहको भनाई पश्चात एमालेका सबै सांसदले संसद अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले पटक–पटक बैठक सञ्चालन गर्न रुलिङ गर्दै दलीय सहमतीका लागि गरेको आग्रह नमाने पछि प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि लागि स्थगित गरिएको प्रदेशसभाका सभामुख राजबहादुर शाहीले संसदलाई जानकारी दिए । 
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन सत्ता साझेदार एमालेले फिर्ता लिएपछि गएको वैशाख ३ गते प्रदेशसभाको सातौ अधिवेशन सुरु भएको थियो ।