१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ बैशाख १५ बुधबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा होम आइसोलेसनमा ३६ वर्षीय पुरुषले गरे आत्महत्या 

Read Time : < 1 मिनेट
२०७८ बैशाख १५ बुधबार १५:१७:००

गोरखामा एक कोरोना संक्रमित पुरुषले होम आइसोलेसनमै आत्महत्या गरेका छन् । गोरखा नगरपालिका– १४ स्थित याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । डिएसपी प्रकाश दाहालका अनुसार मंगलबार बेलुका करिब ८–९ बजेतिर कोठाभित्रबाट चुकुल लगाएर सलको पासोमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै उनी मानसिक तनावमा परेको स्थानीयहरू बताउँछन ।  भारतमा कपडा उद्योगमा काम गर्दै आएका उनी गत चैत २६ गते नेपाल फर्किएका थिए ।

कोरोना संक्रमित व्यक्तिको शव पोस्टमार्टम गर्न नमिल्ने कानुनी प्रावधान रहेकाले उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भएकोसमेत उनले जानकारी दिए ।