मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख १५ बुधबार १४:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार दुई सय ५७ विद्यार्थी दीक्षित 

Read Time : < 1 मिनेट
२०७८ बैशाख १५ बुधबार १४:४६:००

कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । मंगलबार सम्पन्न दीक्षान्त समारोहमा एक हजार दुई सय ५७ विद्यार्थी दीक्षित भएका छन् । जसमध्ये तेस्रो, चौथो र पाँचौँ ग्रेस लिस्टअनुसार २०७७ चैत ६ गतेसम्म विद्यावारिधि (पिएचडी) उत्तीर्ण गरेका र ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो । २०७५  २०७६ र २०७७ गरी तीन व्याचका विद्यार्थीलाई एकै साथ दीक्षित गरिएको रजिष्ट्रार डाक्टर शारदा थपलियाले जानकारी दिइन् । 

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सभाहलमा भएको समारोहमा कोभिड– १९ को जोखिम कम गर्न सम्मानित हुने विद्यार्थी, विद्यावारिधिका र सिनेट सदस्यबाहेकलाई मात्र प्रत्यक्ष सहभागी गराइएको थियो । अन्यको सहभागिता भर्चुअल माध्यमबाट जोडिएको थियो । दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको उपस्थिति रहेको थियो । 

यस विश्वविद्यालयमा हाल तीन हजार तीन सय २३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस विश्वविद्यालयले नेपालको विभिन्न स्थानमा रहेको सातवटा कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ । जसमध्ये ६ वटा कृषि संकायका र एउटा वन विज्ञान संकायको छ ।