मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख १५ बुधबार १४:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सभाका सांसद थापाको आक्रोश : अविश्वासको प्रस्ताव कात्रो बनेर आयो 

Read Time : < 1 मिनेट
२०७८ बैशाख १५ बुधबार १४:४०:००

गण्डकी प्रदेश सभामा एमाले सांसद कृष्णबहादुर थापाले कोरोना महामारीको वेला मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव कात्रो बनेर आएको टिप्पणी गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा सांसद थापाले कोरोनाको समयमा आइसोलेसन र भेन्टिलेटरको विषयमा छलफल गर्नुपर्ने ठाउँमा अविश्वासको प्रस्तावमाथि छलफल गर्नु दुःखद भएको बताए । 

मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव गण्डकी प्रदेशका जनताको अभिमतको विरुद्ध भएको उल्लेख गरे । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नयाँ गठबन्धन बनाइएकोप्रति आक्रोशित हुँदै थापाले भने, ‘यो गठबन्धन फाटेको धोतीजस्तै हो । जुनसुकै वेला च्यातिन सक्छ ।’

राजनीतिक अस्थिरता फैलाउन अविश्वासको प्रस्ताव आएको थापाले बताए । उनले मुख्यमन्त्रीमाथि भएको षड्यन्त्र धेरै दिन टिक्न नसक्ने दाबी गरे ।