मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख १५ बुधबार ११:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा ओली पक्षका तीन मन्त्री नियुक्त गरिँदै, ६ मन्त्रालयमा राज्यमन्त्री राखिँदै

Read Time : > 1 मिनेट
२०७८ बैशाख १५ बुधबार ११:१२:००

बागमती प्रदेशमा रिक्त रहेको तीन मन्त्रालयमा आज बुधबार मन्त्री नियुक्त गरिने भएको छ । नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएका थिए । सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहीन छ ।

तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए । करिब चार महिना मन्त्रीविहीन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदलाई दिइने भएको छ । पार्टीको केन्द्रीय कमिटीबाट मन्त्री नियुक्तका लागि आजै नाम टुंगिने र अपराह्न ४ बजे शपथग्रहण गराइने स्रोतले जनाएको छ ।

यी हुन् नयाँ बन्ने मन्त्री र राज्यमन्त्री
मन्त्रीका लागि नेकपा एमाले बागमती संसदीय दलका प्रमुख सचेतक केशव पाण्डे, सिन्धुपाल्चोकका सुरेश नेपाल, काभ्रेका चन्द्र लामाको नाम चर्चामा छ । यी तीनजना मन्त्री बन्ने पक्का भए पनि कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइनेबारे थप छलफल भइरहेको मन्त्रीका लागि दाबेदारसमेत रहेका प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

‘हामी अझै पनि छलफलमै छौँ, हालसम्म हामी तीनजनाको नाम अघि सारिएको छ,’ उनले भने, ‘तर, मन्त्रालय तोकिएको छैन ।’ मन्त्रीका लागि नाम अघि सारिएका तीनैजना सांसद नेकपा एमाले ओली पक्षका हुन् ।यसैगरी बागमतीको ६ मन्त्रालयमा राज्यमन्त्री राखिने भएको छ । प्रदेश सरकार गठनपछि हालसम्म राज्यमन्त्री नियुक्त नगरिएको बागमतीको सातै मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।

६ मन्त्रालयमा ६ जना राज्यमन्त्रीको जिम्मेवारी ओली पक्षका सांसदलाई दिइने भएको छ । राज्यमन्त्रीमा सरस्वती बस्नेत, डा. रामकुमार अधिकारी, प्रदीप कटुवाल, जुनेली श्रेष्ठको नाम अघि सारिएको छ । हाल चारजनाको नाम अघि सारिए पनि सातै मन्त्रालयमा राज्यमन्त्री नियुक्तबारे छलफल भइरहेको प्रमुख सचेतक पाण्डेले बताए ।