मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख १४ मंगलबार २०:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा ‘तपाईंको मास्क खै’ अभियान सञ्चालन

Read Time : < 1 मिनेट
२०७८ बैशाख १४ मंगलबार २०:४७:००

कोरोनाको संक्रमण बढ्न थालेपछि लमजुङमा स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । 

चोकचोकमा प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रमसमेत गर्दै आएको छ । प्रहरी आफैँ ‘तपाईंको मास्क खोइ ?’ लेखेको प्लेकार्ड नै बोकेर सचेत गराउन चोकचोकमा बसेका छन् । 

ठाउँठाउँमा रहेका प्रहरीले चालकको मास्क नभएको पाए मास्कसमेत निःशुल्क वितरण गर्दै आएका छन् । निजी तथा सार्वजनिक सवारीसाधनका चालक तथा यात्रु सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरिरहेका छन् । 

मास्क नलगाई हिँडेका अधिकांशलाई मास्क लगाउन अनुरोध गर्नुका साथै निःशुल्क मास्क वितरण गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णपालना गर्न सडकबाटै सचेत गराउन आवश्यक भएकाले प्रहरीले तपाईंको मास्क खै अभियान सञ्चालन गरेको जनाएको छ । प्रहरीले मास्क नलगाई हिँडेको भेटेमा कारबाहीसमेत गर्नेछ ।

 

कोरोनाको जोखिमबारे सचेत गराउन जिल्ला सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, नेपाली सेनाका प्रमुख सेनानी जयराम थापा, लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापा र सशस्त्र प्रहरी बल नेपाल लमजुङका डिएसपी नवराज थापालगायतको टोलीले सोमबार बेसीसहर बजारमा माक्स लगाउन आग्रह गर्दै तीन हजार थान माक्स वितरण गरेको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए । प्रशासनले २५ जनाभन्दा बढी मानिसको जमघट हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरिसकेको छ ।