मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
शेखर गुप्ता
२०७८ बैशाख १४ मंगलबार १०:००:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जब नरेन्द्र मोदीसमेत कमजोर देखिए

Read Time : > 2 मिनेट
शेखर गुप्ता
२०७८ बैशाख १४ मंगलबार १०:००:००

फेब्रुअरीमा भाजपाले भाइरसविरुद्ध जितको घोषणा गरेको थियो, तर फेब्रुअरीकै उत्तरार्धबाट संक्रमण फैलिन सुरु भयो

बलिया नेताहरूको एउटा गुण हुन्छ, उनीहरू ठूलो जनाधारको सम्पर्कमा रहन्छन् र आफ्नो आधार खुसी रहेसम्म चुनाव जितिरहन्छन् । ती नेताहरू केही काम भने सकभर गर्दैनन् । जस्तो– उनीहरू गल्ती स्विकार्छन्, भलै गल्ती सानो नै किन नहोस् । र, ती नेतालाई मतदान गर्ने नेताको नजरमा तिनले कहिले गल्ती गर्नै सक्दैनन् । त्यसैले मतदाताहरू ती नेतालाई मन पराउँछन् । तिनले नेताबाट गल्तीको अपेक्षा नै राख्दैनन् । गल्ती स्विकार्नुको अर्थ तपाईंले आफूलाई कुनै दिव्य व्यक्ति या अवतार नभएर आममानिस जस्तै हो भनेर स्विकार्नु हो । त्यसैले तपाईंले गर्ने हरेक काम जितको रूपमा देखिनुपर्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि यस्तै नेतामा पर्छन् । तर, यो साता उनले यो दिशामा असामान्य बदलाब गरे । त्यो पनि एकपटक होइन, तीनपटक । राष्ट्रको नाममा उनको संक्षिप्त टेलिभिजन सम्बोधन निशाराजनक थियो र विगतमा जस्तो तिनमा कुनै दाबी, वाचा र उपदेश थिएन । 

दोस्रो, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको एक सानो पत्रले नै सरकारलाई हल्लाइदियो । पत्रबारे केन्द्रीय स्वास्थ्यमन्त्रीको प्रतिरक्षात्मक प्रतिक्रियामै त्यो कुरा स्पष्ट हुन्छ । सिंहको पत्रको भोलिपल्ट सरकारले खोप अभियानमा लगभग मनमोहन सिंहले दिएको सुझाब समेटेर एक घोषणा ग¥यो । यो कुनै आत्मविश्वासी सरकारले गर्ने कदम होइन । 

बलिया नेता जहिल्यै गल्ती स्विकार्छन्, भलै गल्ती सानो नै किन नहोस् । मतदाताले पनि ती नेताबाट गल्तीको अपेक्षा नै राख्दैनन् । गल्ती स्विकार्नुको अर्थ तिनले आफूलाई कुनै दिव्य व्यक्ति या अवतार नभएर आममानिस जस्तै हो भनेर स्विकार्नु हो । 

तेस्रो, प्रधानमन्त्री मोदीले पश्चिम बंगालमा आफ्नो अभियानको अन्तिम समयमा रद्द गरे । अभियान खारेजी अन्तिम दिनतिर आएकाले उनी अन्तिमसम्म आशाप्रद रहेको देखाउँछ । महामारी नियन्त्रणबाहिर गएको लागेपछि मात्र उनले सभाहरू रद्द गरे । मोदी समर्थकको आशा होला, अहिलेको सबै समस्या केही दिनसम्म मात्र रहनेछ, एक हप्तापछि समाचारका हेडलाइन पश्चिम बंगालको चुनावी परिणामले भरिनेछ । त्यहाँ भाजपाले सय सिट मात्र जित्यो भने पनि त्यसलाई जित नै मानिनेछ । केही वर्षअघि राज्यमा तीन सिट जितेको थियो । झन् बहुमत आयो भने त कुरै अर्कै हुनेछ । तर, अब चुनावी परिणाम जे आए पनि त्यसलाई कोभिडको समाचारले छायामा पार्नेछ । 

कोरोना भाइरसबारे धेरै कुरा अझै पनि विश्वका दिग्गज वैज्ञानिकलाई पनि थाहा छैन । तर, केही कुरा भने हामी सबैलाई राम्ररी थाहा भइसकेको छ । जस्तै– भाइरसले चुनावमा कसले जितिरहेको छ वा हारिरहेको भन्ने मतलब गर्दैन । यसलाई राजनीतिक तथा धार्मिक आस्थाको पनि पर्वाह हुँदैन । सत्ताको अहंकारले यसमा आगोमा घिउको काम गर्छ । अमेरिका र ब्राजिलले नेताको अहंकारको परिणाम भोग्नुपर्‍यो । मैले उल्लेख गरेका तीन घटनाक्रमबाट नरेन्द्र मोदीले पनि यो कुरालाई महसुस गरेकोजस्तो देखाउँछ । मोदीले विगतमा आफूले ७०–८० करोड भारतीय संक्रमित हुने र २० लाखभन्दा बढी मर्ने जनस्वास्थ्यविद्को भविष्यवाणीलाई गलत ठहराएको दाबी गरिरहेका थिए । उनले अझ आफ्नो भूमिमा बनेका दुई खोप विश्वमा निर्यात गरेर महामारी नियन्त्रणमा योगदान पु¥याएको दाबी गरिरहे । फेब्रुअरीमा भाजपाको राष्ट्रिय कार्यकारिणीद्वारा पारित प्रस्तावमा भाइरसविरुद्ध जित हासिल गरेको घोषणा गरिएको थियो । 

तर, फेब्रुअरीको उत्तरार्धबाट संक्रमण फैलिन सुरु भयो । सबैभन्दा पहिले विपक्षी शासित तीन राज्य केरला, पन्जाब र महाराष्ट्रमा संक्रमण बढ्न सुरु भयो । केन्द्रमा सत्तारुढ दलका नेताले तिनलाई उपहासको पात्र बनाए । तयारीमा ध्यान नै गएन । नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको अवस्थामा नरेन्द्र मोदीले पनि दोस्रो लहर रोक्न सक्दैनथे । भारत सरकार उत्सव मनाउन व्यस्त नभएको भए नजिकिँदै गरेको संकट देख्न सक्थ्यो । तब मात्र रोगविरुद्ध तयारी गर्न सकिन्थ्यो । महामारीको भयावह रूपकोे संकेत सबैतिर देखिन थालिसकेको थियो । तर, सरकारबाट बेवास्ता मात्र भइरह्यो ।

कुम्भमेलालाई ज्योतिषीय आधारमा एक वर्ष पहिले नै अनुमति दिएर आयोजना गरियो । प्रधानमन्त्री मोदीले अघिल्लो शनिबार पश्चिम बंगालमा यति विशाल र्‍यालीलाई सम्बोधन गरे । मोदी आफैँले यति ठूलो जनसागर आफूले पहले कहिल्यै नदेखेको बताएका छन् । सोही दिन मनमोहन सिंहको पत्र सार्वजनिक भयो । भोलिका दिनमा सुधारको कोसिस जारी रहनेछ । तर पनि दसौँ हजार भारतीय मर्नेछन् । यदि खोप अभियानलाई तीव्र बनाएको भए समयमै नियन्त्रणात्मक निर्देशन जारी गरेको भए, अक्सिजन र आवश्यक दबाई कमी हुन नदिइएको भए, यीमध्ये कैयौँ मानिसको ज्यान बचाउन सकिन्थ्यो ।

(गुप्ता द प्रिन्ट अनलाइन पोर्टलका प्रधान सम्पादक हुन्)
द प्रिन्टबाट