मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
फाइल तस्बिर : नयाँ पत्रिका
नवराज मैनाली काठमाडाैं
२०७८ बैशाख १४ मंगलबार ०५:५९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोनाविरुद्ध राजधानीमा  तेस्रोपटक निषेधाज्ञा 

१६ वैशाखको बिहान ६ बजेदेखि २२ वैशाखको मध्यरातसम्म लकडाउन

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७८ बैशाख १४ मंगलबार ०५:५९:००

खुल्ने क्षेत्र : अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन, फोहोरमैला व्यवस्थापन, खाद्य पसल (बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म), औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसल, डिपार्टमेन्ट स्टोरको ग्रोसरी (बिहान १० बजेदेखि ५ बजेसम्म), बैंक तथा वित्तीय संस्था,

बन्द हुने क्षेत्र : सार्वजनिक सवारी (बिहान ६ देखि राति १२ बजेसम्म बन्द), होटेल/रेस्टुरेन्ट/अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै निजी व्यवसाय, सभा, सम्मेलन, गोष्ठी, तालिम, सपिङ मल, सैलुन, जिमखाना, ब्युटिपार्लर, खेलकुद, संग्रहालय, पुस्तकालय, सिनेमा हल, पार्टी प्यालेस

....                    ....

कोरोना संक्रमण सुरु भएयता देशमा तेस्रोपटक लकडाउनको अवस्था सुरु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि उपत्यकामा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाबाहिरका संक्रमण धेरै देखिएका विभिन्न जिल्लामा पनि निषेधाज्ञा सुरु भइसकेको छ । 

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयको सिफारिस र गृह मन्त्रालयको सहमतिमा बिहीबार (१६ वैशाख)को बिहान ६ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो । संक्रमण तीव्र रूपमा फैलिएपछि निषेधाज्ञा सुरु भएको हो । निषेधाज्ञाअनुुुसार १६ वैशाखको बिहान ६ बजेदेखि २२ वैशाखको राति १२ बजेसम्म सार्वजनिक यातायात बन्द हुनेछन् । सोमबार उपत्यकाका मात्र एक हजार पाँच सय ६७ जनामा संक्रमण देखिएको थियो । 

निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै व्यवसाय बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । खाद्य पसल बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खुल्नेछन् । डिपार्टमेन्ट स्टोरले ग्रोसरी मात्र सञ्चालन गर्न पाउनेछन् । जसका लागि १० बजेदेखि ५ बजेसम्मका लागि समय तोकिएको छ । 
विवाहको हकमा जिल्ला प्रशासनबाट अनुमति लिएर बढीमा १५ जना सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा सवारीसाधन प्रयोग गर्न पाउने निर्णय गरिएको छ । सरकारी कार्यालयमा अत्यावश्यकबाहेकको सेवा बन्द हुनेछ । 

कोरोना सुरु भएयताको तेस्रो लकडाउन तथा निषेधाज्ञा हो । सुरुमा सरकारले ११ चैत ०७६ मा देशव्यापी रूपमा लकडाउन लगाएको थियो । असारको पहिलो साताबाट सो लकडाउन अन्त्य गरिएको थियो । साउनबाट फेरि संक्रमण बढेपछि उपत्यकालगायतका ठाउँमा फेरि निषेधाज्ञा जारी गरिएको थियो । जुन बिस्तारै खुकुलो बनाइयो । अहिले दोस्रो लहर सुरु भएपछि फेरि निषेधाज्ञा सुरु भएको छ । 

तत्कालका लागि एक साता भनिए पनि यो कम्तीमा दुई साता लम्बिने गृह मन्त्रालयका एक अधिकारीले बताए । त्यसपछि परिस्थिति हेरेर निर्णय गरिने ती अधिकारीको भनाइ छ । 

देशभरि स्कुल बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय 
सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिम बढेकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोभिड– १९ संकट व्यवस्थापन समितिको सिफारिसका आधारमा यस्तो निर्णय भएको हो । साथै बैठकमा भारतसँगको सीमा बन्द गर्ने तथा देशव्यापी रूपमा लकडाउन गर्ने विषयमा समेत छलफल भएको थियो ।