मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ बैशाख १३ सोमबार १५:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेबाट निर्वाचित कर्णालीका चार सांसद पदमुक्त

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ बैशाख १३ सोमबार १५:५६:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका एमालेका चार सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका हुन् ।

एमालेको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरू प्रकाश ज्वाला सल्यान प्रदेश सभा (ख), नन्दसिंह बुढा डोल्पा प्रदेश सभा (क), कुर्मराज शाही कालिकोट प्रदेश सभा (क) र अमर थापा दैलेख १ (ख) बाट निर्वाचित सांसद पदमुक्त भएका हुन् । 

राजनीतिक दलसम्बन्धी ऐन र प्रदेश सभा नियमावलीबमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेश सभा सचिवालयलाई जानकारी गराएपछि सभामुखले सांसदहरू पदमुक्त भएको घोषणा गरेका छन् । 

थापा भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भइसकेका छन् ।

सांसदहरू पदमुक्त भएसँगै अब कर्णाली प्रदेश सभामा सांसदको संख्या ३५ मा झरेको छ । ४० सदस्यमध्ये माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन् । अब कर्णाली प्रदेशमा सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।