मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
२०७८ बैशाख १३ सोमबार ०६:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

Read Time : < 1 मिनेट
२०७८ बैशाख १३ सोमबार ०६:५५:००

 गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा २ वैशाखमा अविश्वासको प्रस्ताव दर्तासँगै सोही दिन २८ सांसदले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका थिए । ६ वैशाखमा प्रदेश प्रमुख अमिक शेरचनले १३ वैशाखका लागि अधिवेशन आह्वान गरेका थिए ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई गरी २८ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । अधिवेशन सुरुसँगै पहिलो बैठकमै अविश्वासको प्रस्ताव टेबुल हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव टेबुल गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले बताए । 

उनका अनुसार सोमबार २ बजे बैठक सुरुसँगै अविश्वासको प्रस्ताव टेबुल हुने र त्यसपछि सांसदहरूले धारणा राख्ने कार्यसूची छ । सांसदहरूलाई आफ्नो धारणा राख्न १० मिनेटको समय उपलब्ध गराइनेछ ।

अविश्वासको प्रस्तावउपर सांसदहरूको धारणा राख्ने क्रम सोमबार नसकिए मंगलबारसमेत जारी रहने र धारणा राख्ने क्रम सकिएपछि अविश्वासको प्रस्ताव निर्णयार्थ टेबुल गरिने उनले जानकारी दिए । यसअघि प्रदेश सरकारले २ वैशाखमा १ गतेको राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।