१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ बैशाख १२ आइतबार ०६:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

Read Time : < 1 मिनेट
२०७८ बैशाख १२ आइतबार ०६:२८:००

संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिबार निधन भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत सिद्दिकीको शनिबार बेलुकी मृत्यु भएको परिवारले जनाएको छ ।

केही दिनदेखि उनको भेन्टिलेटर सपोर्टसहित उपचार भइरहेको थियो । २८ चैतमा कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनले फातिमा फाउन्डेसन नामको संस्थाबाट मुस्लिम समुदायमा शैक्षिक सुधारका साथै महिला अधिकार स्थापित गराउन योगदान गरिरहेकी थिइन् ।