१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ११ शनिबार १७:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्यमीका जायज सुझाब बजेटमार्फत कार्यान्वयन हुन्छ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ११ शनिबार १७:४३:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझाबहरूलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन् ।आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरूसँग सुझाब लिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीहरूका सम्भव र जायज सुझाबहरूलाई कार्यान्वयनमा लैजाने बताएका हुन् ।

तर, के सम्भव र के जायज हुन् भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले बोल्न नमिल्ने पनि बताए । छलफलमा युवा उद्यमीहरूले राखेको सुझाबमा धेरै महत्वपूर्ण अन्तरतत्व अन्तर्निहित रहेको छ भन्ने ठानेको बताए । अहिलेको परिस्थितिमा औसत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको बताए ।

कोभिडको सामना मुलुकले गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढंगले बजेट निर्माण हुने जानकारी दिए । अर्थतन्त्रको पुनरूत्थानको कुरा र उन्नति–प्रगति मात्रै गरेर नपुग्ने भएकाले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको पनि प्रस्ट पारे । 

कार्यक्रममा युवा उद्यमीहरूले भन्सारमा न्यून बिजकीकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमान्ड शुल्क, निर्यातमा भएका समस्या, स्टिल उद्योगका समस्याहरूको विषय, स्टार्टअप पोलिसीलगायतका विषयमा सुझाब दिएका छन् ।

त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, सेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुने गरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरूको क्षमता बढाउनेलगायतका विषयमा समेत उद्यमीहरूले सुझाब दिए ।