मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १० शुक्रबार १३:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवको प्रस्ताव पनि ओलीद्वारा अस्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १० शुक्रबार १३:११:००

एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका एमाले नेता वामदेव गौतमले २८ फागुनको निर्णय फिर्ता लिन गरेको आग्रहलाई अध्यक्ष केपी ओलीले अस्वीकार गरेका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार राति भएको भएको डिनर मिटिङमा गौतमले अवैधानिक बैठकबाट निर्णय भएको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् । ओलीले पार्टी काममा फर्कन अनुरोध गरेपछि गौतमले २८ फागुनको निर्णय फिर्ता लिन भनेका थिए । तर, ओलीले २८ फागुनका निर्णय फिर्ता नहुने जवाफ दिएका थिए । त्यसपछि गौतम तपाईंसँग आउन सक्दिनँ भन्दै बिदा भएका थिए ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीसँगको भेटमा २८ फागुनको निर्णय फिर्ता लिन आग्रह गरेका थिए । नेपालको आग्रहलाई पनि ओलीले अस्वीकार गरेका थिए । ओली र नेपालबीच बुधबार र बिहीबार भेटवार्ता भएको थियो । 

गौतमले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘पिएमनिवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो, मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक मिटिङका निर्णय फिर्ता लिन अनुरोध गरेँ । उहाँले ती फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’