मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ९ बिहीबार १४:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खनाल–नेपाल पक्षका सांसदले दिए ओलीलाई जवाफ, पाण्डे भन्छन्–दुष्परिणामको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्नेछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ९ बिहीबार १४:२९:००

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदले संसदीय दलका नेता केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । खनाल–नेपाल पक्षका २७ संघीय सांसदले एउटै व्यहोराको छुट्टाछुट्टै जवाफ दिएका हुन् ।

विधानविपरीतका कामहरू सच्याउन आवाज उठाउँदा छुट्टै पार्टी गठन गर्न लागेको अर्थ लगाउन नमिल्ने उनीहरूको तर्क छ । खनाल–नेपाल पक्षका सांसदहरूले सहाना प्रधान प्रतिष्ठानमा बिहीबार छलफल गरेर स्पष्टीकरणको खाका तयार पारेका थिए । सवै सांसदले बिहीबार नै जवाफ पठाउने एक सांसदले जानकारी दिए ।

सांसद सुरेन्द्र पाण्डेले चार पेज लामो जवाफमा नेकपा विधानविरुद्धका कामहरू सच्याउन आवाज उठाएको दाबी गरेका छन् । पाण्डेको जवाफको अन्त्यमा भनेका छन्, ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदमहरू पार्टी विधानविपरीत त छन् नै, सोभन्दा पनि बढी नेपालको कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रक्रिया अविलम्ब रोकी पार्टीलाई एकताबद्ध गर्न आवश्यक पहल गर्नसमेत आह्वान गर्न चाहन्छु । अन्यथा, यसले निम्त्याउने दुष्परिणमको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्नेछ ।’

ओलीले एमालेका २७ संघीय सांसद र पाँच प्रदेश सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध गतिविधि गरेको र छुट्टै पार्टी गठनमा सक्रिय भएको आरोप लगाउँदै स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफमा सांसदहरूले ओलीको आरोपको खण्डन गरेका छन् ।