मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख ९ बिहीबार ०६:३५:००
Read Time : < 1 मिनेट
अर्थ

एकपछि अर्को सहरसँग सीधा हवाई सञ्जालले जोडिँदै पोखरा

Read Time : < 1 मिनेट
२०७८ बैशाख ९ बिहीबार ०६:३५:००

गण्डकी प्रदेशको राजधानी पोखराले एकपछि अर्को सहर जोड्ने गरी हवाई सञ्जाल विस्तार कार्यलाई तीव्रता दिएको छ । गत फागुनको पहिलो सातादेखि पश्चिमको व्यापारिक सहर नेपालगन्जमा सीधा हवाई सेवा सुरु गरेको पोखराले १८ वैशाखदेखि अर्को व्यापारिक सहर वीरगन्ज जोड्ने सिमरा विमानस्थलमा सीधा उडान सुरु गर्दै छ ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई सातवटै प्रदेशसँग सीधा हवाई सञ्जालमा जोड्ने प्रदेश सरकारको उद्देश्यअनुरूप उडान सुरु गर्न लागिएको हो । 
सिमरासँगै यसअघि काठमाडौं, नेपालगन्ज, विराटनगर, भैरहवा, भरतपुरसँग पोखरा हवाई सञ्जालमार्फत जोडिइसकेको छ ।

३० मिनेटको हवाईयात्रामार्फत दुई सहर जोड्ने नियमित उडान हप्ताको तीन दिन हुने बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोशीले जानकारी दिए । हाललाई भाडा चार हजार पाँच सय कायम गरिएको छ । विदेशी पर्यटक कम भएको समयमा स्वदेशी यात्रुका लागि उडान थपिएको उनले बताए ।

काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्धले अबदेखि काठमाडौंबाहिरका एक सहरबाट अर्को सहरमा पनि उडान गर्ने योजना बनाएको हो । यात्रुको माग बढ्दै गएर दैनिक उडान हुने अवस्था आएमा एटिआर–७२ जहाजबाट उडान भर्ने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए ।