मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ९ बिहीबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ को भ्याक्सिन लगाएकालाई चन्द्रागिरी केबलकारमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ९ बिहीबार ०६:१६:००

कोभिड– १९ विरुद्धको खोप लगाइसकेका ग्राहकले चन्द्रगिरी केबलकारमा २५ प्रतिशत छुट पाउने भएका छन् । कम्पनीले दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु गरिसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकलाई छुट दिन लागेको हो ।

छु्ट सुविधा लिनका लागि खोपकार्ड टिकट काउन्टरमा पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । योजना जेठ १७ सम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व रहेको चन्द्रागिरी डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल निर्माण गरेको छ । त्यस्तै, भ्यु टावर, चिल्ड्रेनपार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको कम्पनीले जनाएको छ ।