मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख ९ बिहीबार ०८:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा हिमपात, हवाई सेवा ठप्प 

Read Time : < 1 मिनेट
२०७८ बैशाख ९ बिहीबार ०८:२८:००

हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ भने मध्य र दक्षिणी भेगमा वर्षा भइरहेको छ। उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, जाँङ, तिल, चाला, हिल्सालगायतका क्षेत्रमा बुधबारदेखि नै हिमपात भएको हो ।

सदरमुकाम सिमकोटमा बिहीबार बिहानदेखि हिमपात भएको छ । हिमपातका कारण हवाई उडान  प्रभावित भएको छ । बुधबार वर्षाले प्रभावित भएको उडान बिहीबार हिमपातले  प्रभावित बनेको छ । दुई दिनदेखि उडान ठप्प भएको छ । 

हिमपातका कारण खेतबारीमा छरेको अन्नबाली राम्रो हुने भएकाले जिल्लाका कृषक हर्षित भएका छन् ।