१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७८ बैशाख ९ बिहीबार ०७:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा बुधबार विश्वकै नयाँ रेकर्ड : एकै दिन तीन लाख १५ हजार नयाँ संक्रमित

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ बैशाख ९ बिहीबार ०७:१०:००

भारतमा बुधबार २४ घन्टामा तीन लाख १५ हजार चार सय ७८ नयाँ संक्रमित भेटिएका छन् । कोरोना भाइरसबाट एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो विश्वकै पहिलो रेकर्ड हो । यसअघि सबैभन्दा बढी गत जनवरी ८ मा अमेरिकामा तीन लाख सात हजार मानिस संक्रमित भएका थिए । 

२४ घन्टामै कोरोनाकै कारण भारतमा दुई हजार एक सय एकजनाको मृत्यु भएको छ । लगातार दुई दिन दुई हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाए । भारतमा अहिले २२ लाख ८४ हजार संक्रमितको उपचार भइरहेको छ । बुधबार एक लाख ७९ हजार संक्रमित निको भएका छन् ।

मंगलबार दुई लाख ९४ हजार नयाँ संक्रमित भेटिएका थिए भने दुई हजार २१ जनाको मृत्यु भएको थियो । भारतमा संक्रमणबाट अहिलेसम्म एक लाख ८४ हजार सात सय ७२ को मृत्यु भएको छ । बुधबार नै महाराष्ट्रको एक सरकारी अस्पतालमा अक्सिजन ट्यांंक चुहिँदा २४ कोरोना संक्रमितको मृत्यु भएको थियो । अक्सिजन ट्यांक मर्मत गर्दा अक्सिजनको आपूर्ति ३० मिनेट रोकिँदा उपचाररत संक्रमितको मृत्यु भएको थियो ।