१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ बैशाख ८ बुधबार १४:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहीबारबाट लागू हुने गरी नेपालगन्जमा एक साता लकडाउन

Read Time : < 1 मिनेट
२०७८ बैशाख ८ बुधबार १४:४६:००

कोरोना संक्रमण जनस्तरसम्म फैलिएपछि बिहीबारदेखि लागू हुने गरी बाँकेको सदरमुकाम नेपालगन्जलाई एक साताका लागि लकडाउन गरिएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), बाँकेको सिफारिसमा बाँके प्रशासनले ९ वैशाख बिहान १२ बजेदेखि लागू हुने गरी नेपालगन्ज क्षेत्रभरि लकडाउन गर्ने निर्णय गरेकाे हो । 

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वपक्षीय–सर्वदलीय बैठकले ९ गतेदेखि लागू हुने गरी नेपालगन्जको सम्पूर्ण क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । ९ वैशाख बिहान १२ बजेदेखि १५ वैशाख रातिसम्म यातायातका साधन, पसल, कलकारखाना, शैक्षिक संस्था सबै बन्द हुनुका साथै हिँडडुल गर्नसमेत निषेध गरिएको गेलालले बताए । 
 
लकडाउन अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, दूरसञ्चार, खानेपानी, फोहाेरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, तरकारी, खाद्यान्न तथा दुग्धपदार्थ, औषधिपसल, एटिएमजस्ता अत्यावश्यक सेवाहरू खुल्ला रहने प्रमुख जिल्ला अधिकारी गेलालद्वारा जारी सूचनामा उल्लेख छ । तर, खाद्यान्न तथा दुग्धपदार्थ र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । सूचनाको बर्खिलाप गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ  ।