मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ बैशाख ८ बुधबार १०:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ बैशाख ८ बुधबार १०:१५:००

महोत्तरीको औरही नगरपालिका– ७ भोइलमा डेढ वर्षीय बालक चारेर भाग्दै गरेको आरोपमा एकजनालाई स्थानीयहरूले समातेर प्रहरीलाई जिम्मा लगाएका छन् ।

बुधबार बिहान करिब ८:३० मा भोइल चोकमा खिरा (कर्कलो)को मोटरी (पोका) लिएका एकजनाले आफ्नै घरअगाडि खेल्दै गरेको स्थानीय सुरेन्द्र महतोका डेढ वर्षीय छोरा आदित्य महतोलाई लिएर जाँदै गर्दा स्थानीयले देखेर समातेका हुन् ।

सोनमा गाउँपालिका– ८ सिंहासिनीनिवासी प्रत्यक्षदर्शी शैलेन्द्रप्रसाद पटेलले आफू सोही ठाउँमा रहेको पसलमा उभिरहँदा बच्चा चोरेर भाग्दै गरेको देखेको र स्थानीयहरूले बच्चा चोर भन्दै हल्ला गरेपछि सबैजना मिलेर बच्चा लिएर भाग्ने व्यक्तिलाई समातेको बताए ।

बच्चा लिएर भाग्नेको परिचय भने खुल्न सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले उक्त व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र  सोधपुछ गरिने बताए ।