मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ८ बुधबार ०६:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अपि पावरको सौर्य आयोजना वैशाखमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ८ बुधबार ०६:३९:००

अपि पावरद्वारा निर्माणाधीन ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य आयोजना वैशाखभित्रै सञ्चालनमा आउने भएको छ । इपिसी मोडलअन्तर्गत कुशल प्रोजेक्टले निर्माण गरिरहेको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारणमा जडान हुनेछ । 

यसैगरी, कम्पनीले ढल्केवर र सिमरामा १–१ मेगावाटका अरू आयोजना निर्माण सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरण र अपि पावरबीच २७ साउन ०७५ मा विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भएको थियो । सम्झौताअन्तर्गत १८.५ मेगावाट क्षमताका विभिन्न आयोजनाहरू निर्माण गरिनेछन् ।

यसअन्तर्गत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मेगावाट विद्युत् उत्पादन गरिनेछ । यी आयोजनाहरूको निर्माण अवधि १० महिना रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको ११ केभी र ३३ केभी प्रसारण लाइनमा जडान गरिनेछ । यी आयोजनाको विद्युत् खरिद–बिक्रीदर ७.३० रुपैयाँ प्रतियुनिट रहेको छ । 

यी आयोजनाहरूको निर्माणपछि अपि पावर कम्पनीसँग ५६.५ मेगावाट जलविद्युत् तथा १८.५ मेगावाट सौर्य गरी जम्मा ६२.५ मेगावाटका आयोजनाहरू रहनेछन् । कम्पनीले यसअघि नै दार्चुलामा ८.५ मेगावाट र ८ मेगावाटका दुई आयोजना निर्माण गरिसकेको छ । आगामी वर्षमा कम्पनीले दार्चुलामा नै ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।