मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार २०:१०:००
Read Time : < 1 मिनेट
समाचार

माध्यमिक विद्यालय शिक्षक युनियनको प्रथम राष्ट्रिय भेला सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार २०:१०:००

माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल(हिस्टुन)को प्रथम रष्ट्रिय भेला सम्पन्न भएकोे छ । माध्यमिक विद्यालय शिक्षक एसोसियसन नेपाल र नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन बीचको एकता पछिको राष्ट्रिय भेला हो ।

माध्यमिक तहका शिक्षकहरुको माग संघीय शिक्षा ऐनमा समावेश गर्न राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले भेला गरिएको हो । भेलामा शिक्षकहरुले स्थायित्व, स्थायी लाइसेन्स पाउनुपर्ने र सेवारत शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा स्थायी गर्नुपर्नेलगायतका २१ बुँदे माग राखेका थिए । प्रमुख अथिति पूर्व प्रधानमन्त्री एंव नेकपा अध्यक्ष पुष्पकमल दाहालले माध्यमिक तहका शिक्षकहरुको माग संघीय शिक्षा ऐन समावेश हुने क्रममा रेहको बताए । 

माध्यमिक तहका (साविकको उमावि) शिक्षकहरुले नै विगतदेखिनै शिक्षकको पेशागत हक हित संरक्षण गर्न माग राखि आन्दोलतरत रहेको शिक्षक युनियनले जनाएको थियो । त्यसैगरी सामुदायिक उमाविका शिक्षकहरुलाई विशेष आन्तरिक प्रकृयाद्धारा मावि द्धितीय श्रेणीमा स्थायी र्गनुपर्ने र अनुदानमा कार्यरत शिक्षकहरुलाई स्थानीय भत्ताको व्यवस्था गर्नुपर्ने भेलाका प्रमुख माग रहेका छन् ।

भेलामा देशभरिबाट पाँच सयभन्दा बढी शिक्षक सहभागी थिए ।