१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ७ मंगलबार १८:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई राहतको व्यवस्था गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ७ मंगलबार १८:५०:००

नेपाल पत्रकार महासंघले कोभिड– १९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । महासंघका नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गरेका हुन् । 

भेटमा महासंघका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गरे । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यावसायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । 
वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिडबाट अतिप्रभावित पत्रकारहरूलाई प्रत्यक्ष लाभ पुग्ने थप लेखन वृत्तिको व्यवस्था गर्न जरुरी रहेको बताए । 

महासचिव रोशन पुरीले पत्रकार कल्यणकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गरे । उनले श्रमजीवी पत्रकारका समस्या समाधानमा सरकारको सहयोगको अपेक्षा राखेका थिए । 

पत्रकार महासंघका पदाधकारीहरूले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासंघको भवनमा पूर्वाधार बढाउनेलगायतमा सहयोग गर्न पनि आग्रह गरेका छन् । 

जवाफमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्त्रताको प्रवद्र्धन र व्यावसायिक पत्रकारिताको विकासका लागि सरकारले सहयोग गर्ने बताएका छन् । उनले आलोचना र प्रश्नहरू लोकतन्त्रका सुन्दर पक्षहरू रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गरे । अर्थमन्त्री पौडेलले महासंघका पदाधिकारीले राखेका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।