मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नारायण रिजाल
२०७५ फाल्गुण ४ शनिबार १९:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

बाबुराम भट्टराई भन्छन्– भ्रष्टाचार अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता

Read Time : > 1 मिनेट
नारायण रिजाल
२०७५ फाल्गुण ४ शनिबार १९:००:००

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा अनेक परिवर्तन आए पनि राजनितिक रुपमा लोकतान्त्रिक संस्कार बस्न नसकेको बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मध्यपहाडी लोकमार्ग : बागलुङ जिल्लाको आर्थिक समृद्धि विषयक अन्तरक्रिया’ कार्यक्रममा उनले राजनीतिक दलहरु समय अनुकूल परिवर्तन हुन नसक्दा देशमा लोकतन्त्रिक संस्कार हुन नसको बताए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले मुलुकमा भ्रष्टचार झनै मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । 

भ्रष्टाचार अन्त्यका लागि पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जरुर रहेका बताए । भ्रष्टाचार अन्त्यको लागि देशमा सुशासन र विधिको शासन आवश्यक रहेको बताए । उनले जनता अधिकार सम्पन्न नहुँदासम्म देशको आर्थिक समृद्धिले फड्को मार्न कठिनाई पर्ने बताए ।

‘हामीले आर्थिक समृद्धिका कुरा गरेका छौं डा. भट्टराईले भने,‘आर्थिक विकास र समृद्धिको जग श्रम र समय हो । श्रम र समयको हामीले महत्व बुझ्न जरुरी रहेको छ ।  हामीमा श्रम गर्ने संस्कृति बस्यो भने आफैमा समृद्धिका जग बसाल्न सहज हुने छ ।’

उनले मध्यपहाडी लोकमार्ग देशको समृद्धिको ढोका भएको हुनाले यसको आसपासमा उद्योग व्यवसायीलाई स्थापित गर्नुपर्ने बताए । ‘लोकमार्ग मुलकका लागि एउटा ठूलो गौरव हो,’ संयोजक भट्टराईले भने,‘यो एउटा विकासको माध्यम हो, यसको प्रयोग कसरी गर्छौँ त्यो हाम्रो हातमा छ ।’ उनले देश विकासका लागि राज्यले पुर्वाधार निर्माण र वित्तिय विकासमा काम गरेर, निजि क्षेत्रले उद्योग, कृषि, पर्यटन र सेवामा लगानी गरेर सम्भव भएको बताए । उनले देशमा लगानी मैत्री वातवरण सृजना गर्नु राज्यको दायित्व भएको बताए ।

आफू अर्थमन्त्री भएको बेला मध्यपहाडी लोकमार्गको सुरूवात गरेको बताउँदै संयोजक डा. भट्टराईले भौतिक र समाजिक पुर्वाधारबाट विकासको आधार खडा र यसमा सबै लाग्नुपर्ने बताए । ‘अब लड्न भिड्न आवश्यक छैन,’ डा.भट्टराईले भने,‘देशको चौतर्फी विकासको सोच राजनीतिका नेतादेखि नेपाली नागरिकमा हुनुपर्छ ।’

आफूहरुले माओवादीलाई यो स्थानमा ल्याएको र अहिले त्यसको यात्रा पुरा भएकोले आफू नयाँ पार्टी मार्फत देशको विकासमा लागेको उनले बताए । नेताहरु सत्तामा पुगेपछि चास्नीमा फसे झैै फस्ने गरेको उनको भनाइ छ । डा. भट्टराइले कम्युनिस्ट नेतृत्व सत्तामा पुगेपछि जनताका मुद्दा भुलेको आरोप लगाए ।  सत्तामा टाँसिएपछि ‘कमाउन र रमाउन’ मात्रै नेताहरु केन्द्रीत भएको उनको आरोप छ । डा. भट्टराईले कांग्रेसले पनि जनसवालमा आवाज उठाउन नसकेको ठोकुवा गरे ।