१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ बैशाख ७ मंगलबार ११:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासीमा पेस्तोलसहित एक पक्राउ 

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ बैशाख ७ मंगलबार ११:०४:००

पश्चिम नवलपरासीमा एक थान पेस्तोलसहित एकजना पक्राउ परेका छन्  । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तरेनीनिवासी २२ वर्षीय सुनील भेडिहारलाई रामनगर प्रहरी चौकीले सोमबार लोड गरेको पेस्तोलसहित पक्राउ गरेको छ ।

सोमबार बिहान नेपाल–भारत सीमा क्षेत्र सुस्ता गाउँपालिका– ५ रामनगरमा पर्ने ४ नं. ठोकरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको युपी ५७ ए जेड ५०१९ नम्बरको मोटस्थित भारततर्फबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।

प्रहरीले उनको साथबाट एक राउन्ड चेम्बर लोड भएका टाइप ५४ जस्तो देखिने म्यागजिनसहितको पेस्तोल बरामद गरी सार्वजनिक गरेको छ । पक्राउ परेका सुनील भेडिहारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।