Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ बैशाख ७ मंगलबार १०:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण कोहलपुरमा एकैदिन दुईको मृत्यु 

Read Time : < 1 मिनेट
२०७८ बैशाख ७ मंगलबार १०:१७:००

कोहलपुर नगरपालिकाकामा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका– २ का एक महिला र एक पुरुषको एकैदिन मृत्यु भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए । 

उनले कोहलपुर नगरपालिका– २, बर्दहवाकी ३५ वर्षीया  महिलाको सोमबार दिउँसो ३ बजे र सोही वडाका अर्का ७७ वर्षीय पुरुषको राति ९ बजे मृत्यु ओलीले जानकारी दिए । महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि मात्र उनको कोरोना रिपोर्ट पजिटिभ आएको ओलीले बताए । 

मृतक पुरुषको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए । ७७ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको गेटमै मृत्यु भएको उनले जानकारी दिए । उनी दम र क्षय रोगका बिरामी थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।